HomeFeatureअर्घाखाँची ढिकुरा रुपन्देही समाजद्वारा देउसी भैलो खेलेको रकमबाट छात्रवृत्ति प्रदान

अर्घाखाँची ढिकुरा रुपन्देही समाजद्वारा देउसी भैलो खेलेको रकमबाट छात्रवृत्ति प्रदान

रुपन्देही संवाददाता, 13 फेब्रुअरी 2021  

गत वर्ष खेलिएको देउसी भैलोको रकमबाट केहि रकम छात्रवृत्तिका लागि छुट्टाएको अर्घाखाँची ढिकुरा रुपन्देही समाजले साविक ढिकुरा गाविसमा रहेका १० बटा विधालयका गरिब तथा जेहेन्दार गरि २० जना विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको  छ । श्री शारदा मा.वि. ढिकुरा गैरागोठको वार्षिकोत्सवको कार्यक्रममा सबै विधालयका विधार्थीहरुलाई एकैठाउ उपस्थित गराएर सो कार्यक्रम गरिएको थियो । शारदा मा. वि. संचालक समितिका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन शिक्षक नवराज अधिकारीले गरेका थिए । प्रधानाध्यापक विष्णु अधिकारीले विधालयको कार्यविवरण प्रस्तुत गरेको सो कार्यक्रममा भुमिकास्थान नगर पालिका उप–प्रमुख खडानन्द बेल्वासे प्रमुख अतिथि र वडा नम्बर ९ का वडाअध्यक्ष नारायण प्रसाद खनाल विशेष अतिथीको रुपमा रहेका थिए । शिक्षक बाबुराम चुदालीले स्वागत मन्तव्य दिएका थिए भने, पुर्व शिक्षकहरु बलराम घिमिरे, गोविन्द प्रसाद घिमिरे, भगवति मा. वि. डेभाका प्रधानाध्यापक खनाल र युवा समाजसेवी प्रेमनारायण गैरेले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष राम प्रसाद पोख्रेल सहित छात्रवृत्ति रकम वितरणका लागि उपाध्यक्ष बसन्ता घिमिरे, सचिव गोविन्द पोखे्रल, कोषाध्यक्ष कृष्ण प्रसाद मरासिनी, निवर्तमान अध्यक्ष डिल बहादुर(दिलविन्दु) थापा, सदस्य गोविन्द घिमिरे, सदस्य कमला घिमिरे, सल्लाहकार राजन घिमिरे र पुर्व सदस्य बलराम घिमिरेको सहभागिता रहेको थियो । समाजले विधार्थीका लागि छात्रवृत्ति सँगै अहिले उपचारारत तिनजना विरामीका लागि समेत सहयोग रकम उपलब्ध गराएको थियो । साविक ढिकुरा १ गवदेका बिष्णु प्रसाद घिमिरेका लागि रु. ५०००, ढिकुरा १ राता पहराका राधा भट्टराईका लागि रु. ५००० र ढिकुरा ७ चरेपानिका आयुष रायमाझीका लागि रु. ५००० सहयोग राशी उपलब्ध गराएको थियो । आगामी ६ गते ढिकुरा समाजले बुटवलस्थित रेडक्रसमा रक्तदान कार्यक्रम गर्ने भएको कुरा समेत समाजका सचिव पोख्रेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...