HomeFeatureअर्घाखाँची भुमिकास्थानका विद्यालयहरुलाई फोटोकपी र सेनिटरी भेन्डिङ्ग मेशिन वितरण

अर्घाखाँची भुमिकास्थानका विद्यालयहरुलाई फोटोकपी र सेनिटरी भेन्डिङ्ग मेशिन वितरण

अर्घाखाँची, 5 अप्रेल 2021

अर्घाखाँची भुमिकास्थान कतार सम्पर्क मन्चले भुमिकास्थान नगरपालिकामा रहेका विद्यालयहरुलाई फोटोकपी मेशिन तथा सेनिटरी भेन्डिङ्ग मेशिन वितरण गरेको छ । देश-विदेशमा रहेका अर्घाखाँची भुमिकास्थानका युवाहरुद्वारा संकलित रकमबाट केही विद्यालयहरुलाई फोटोकपी र सेनिटरी भेन्डिङ्ग मेशिन वितरण गरिएको हो । कतार सम्पर्क मन्च अभियानका अध्यक्ष जीवन गैरेले अध्यक्षता गरेको कार्यक्रममा शिक्षक बुद्धिजीवीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेकपाका युबा नेता प्रेमनारायण गैरेले संचालन गरेको कार्यक्रम भुमिकास्थान नगरपालिकाको हलमा सम्पन्न भएको थियो । नगर प्रमुख रेशम थापा प्रमुख अतिथी रहेको सो कार्यक्रममा नगरका विभिन्न 17 बटा विद्यालयहरुलाई मेशिनहरु वितरण गरिएको थियो । आजकै यस कार्यक्रममा भुमिकास्थान नगरपालिकाभित्र बिरामी परेका सन्तोष गैरे, बिष्णु प्रसाद घिमिरे, राधा भट्टराई र बिष्णु नेपालीलाई रु.  १५०००/- क दरले आर्थिक सहयोग गरियो । र सङ्गसङ्गै गौरीशंकर मन्दिर निर्माणका लागि रु. १२०००/- सहयोग गर्ने समेत घोषणा गरियो । नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासे बिशेष अतिथि रहेको सो कार्यक्रममा अतिथिहरुको रुपमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत लिल बहादुर राउत छेत्री, पालिकाका शिक्षा अधिकृत तुबलाल सापकोटा, भुमिकास्थान ९ ढिकुरा सुर्सिङ्ग निवासी सेवानिबृत अधिकृत समाजसेवी धुर्बराज मारासिनी, युवा समाजसेवीहरु हेमन्तराज मरासिनी, यमलाल गैरे, बाबुराम मरासिनी, अभियानका सदस्य ईश्वरचन्द्र पोख्रेल र  अभियानका खाता संचालक भिमलाल जैशी(शेषकान्त) रहनुभएको थियो ।  कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी,  बिशेष अतिथि र अतिथि लगायतले विभिन्न बिद्यालयका प्रअहरुलाई फोटोकपी मेशिन तथा भेन्डिङ्ग मशिन हस्तान्तरण गर्नु भएको थियो ।

प्रमुख अतिथिले आफ्नो सम्बोधनको क्रममा यस्ता कामहरूले स्थानीय तहमा थप उर्जा प्राप्त भएको कुरा उल्लेख गर्दै पालिकाले नगर भरिका सुरुमा 62 बिद्यालयहरुलाई कम्प्युटरको बितरण गरेको बताउनु भएको थियो ।

नेपाली काङ्ग्रेस अर्घाखाँची भुमिकास्थान रुपन्देही सम्पर्क समितिका सचिव गोविन्द पोख्रेलले हामी सामाजिक अगुवाहरुले गाउ फर्केर नहेरे कसले हेर्ने मुलभूत कुरा भएको उल्लेख गर्दै हामी रुपन्देहीमा, काठमाडौं या विदेश जुनसुकै मुलुकमा रहेपनी-गएपनी आफ्नो गाउ एवम् जन्मठाँउ भुल्नु हुदैन । अहिले नैतिक शिक्षा हराएको हाम्रो समाजमा आजको कार्यको उदाहरण दिदै सबै गुरुहरुले आफ्ना बालबालिकालाई छुट्टै सन्दर्भ जोडेर नैतिक शिक्षाको रुपमा शिक्षा प्रदान गर्नुहुनेछ, उनिहरुलाई गाउठाउ भन्दा धेरै टाढा रहेपनी गाउठाउ भुल्नु हुदैन भनेर पढाउन मेरो आग्रह एवम अनुरोध छ भन्नू भएको थियो ।

कार्यक्रम अध्यक्ष एवम् अभियानका अध्यक्ष जीवन गैरेले तत्काल कार्यसमितिका पदाधिकारीले १ लाख जम्मा गरि अभियान अघि बढाएको जिकिर गर्दै अघि भने हामीलाई काम पूरा भएपछि मात्रै आत्मसन्तुष्टि मिल्नु स्वाभाविक नै हो । कतिपय समयमा साथिहरुको गुनासो कतै पैसा हिनामिना गरे कि भन्ने गुनासो आउदा आफुहरु खिन्न भएको बताउनु भयो । अभियानको अगुवाईले मात्र नपुग्ने बताउदै गैरेले अघि बोल्दै भन्नुभयो हामीलाई साथ र सहयोग गर्ने पालिकाको भुमिकाप्रती हामी आभारी छौ ।

यस्ता सामाजिक अभियान यहि रोकिने छैनन हामी अगाडि पनि चलाउने छौ । पालिकाले अहिले जस्तै आगामी दिनहरूमा पनि हामीले सोचेभन्दा बढी सहयोग र सद्भाव देखाउने छ, हामी ढुक्क छौ भन्नू भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...