काठमाण्डौँ, 17 अप्रेल
सर्वोच्च अदालतले लकडडाउनका कारण अपलत्र नेपाली नागरिकलाई सुरक्षित घर पुर्याइदिन सरकारलाई आदेश गरेको छ। न्यायाधीशहरु आनन्द मोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश गरेको हो।
उनीहरुलाई सुरक्षाको उपाय अवलम्बन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी नि:शुल्क रुपमा गन्तव्यमा पुर्याउन आदेश गरिएको छ। लकडाउनका कारण मानिसहरु पैदलै हिँडेर गन्तव्यतर्फ लागेका छन्। उनीहरु गाडी नचल्दा अहिले अलपत्र परिरहेका छन्।









































