Homeसमाचारअसोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने उमेश श्रेष्ठको...

असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने उमेश श्रेष्ठको भनाई

काठमाडौं, 12 अगस्त 2021

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिनुभयो । उहाँले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने उहाँले बताउनुभयो । त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो –  ‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपुर्ति हुने अनुमान ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ ।’

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउनुभयो । उहाँले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गर्नुभयो । वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यकता छ । पुर्ववर्ती सरकारको पालामा ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तसम्म ४२ लाख खोप मात्र जनतालाई उपलब्ध गराइएको थियो । नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले खोपलाई अभियानको रुपमा प्रत्येक दिन १ लाख पचासहजार देखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्त सम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । सुनिश्चित भए अनुसार नेपाली जनतालाई कमसेकम ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रमहरु राखिएको छ ।’

उहाँले विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिनुभयो । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार  संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण मन्त्रालयले गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विगत एकहप्ताको कोभिडको आँकडा हेर्दा फेरी कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ । यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । अहिलेको संक्रमणदर २५ प्रतिशतको हाराहारीमा रहेको छ । म यो सदनमार्फत् सबैलाई सावधानीपूर्वक जनस्वास्थ्यको मापदण्ड अपनाउन पुन अपिल गर्न चाहान्छु । कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भइसकेको छ । १० हजार १ सय ८० जनाले अमुल्य जीवन गुमाउनु परेको छ । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परिक्षण भएको । हालसम्म कुल जनसंख्याको २.६ प्रतिशत संक्रमित भएका छन् । औसत पोजेटिभ प्रतिशत १९.४ प्रतिशत रहेको । हाल देशभरी संक्रमित ३८ हजार ३३ रहेका छन् । मृत्युदर १.५ हिजोदेखिको मितिबाट १० हजार १ सय ८० दुखद निधन भएको तथ्यांक छ । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको छ । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार  संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण अनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।’

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको उहाँले भनाई छ ।

उहाँले भन्नुभयो – ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु ।’

उहाँले सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पुरा गरिरहेको उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...