काठमाडौं, 11 जनवरी 2022
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ’किरण’ले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताउनुभएको छ। क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले बिभिन्न दलको महाधिवेशन हेर्दा विचार शुन्य देखिएको भन्दै राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताउनुभएको हो । उहाले जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने तर्क गर्नुभयो । वैद्यले अहिले क्रान्तिकारी भन्नेहरुको अवस्था पनि कमजोर भएको भन्दै नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै रणनीति भएको जानकारी दिनुभयो । त्यस्तै उहाले पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि पूर्व माओवादीसंग प्रयास भइरहेको भए पनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको स्पष्ट पार्नुभयो । उहाले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी बिरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने धारणा राख्नुभयो । वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गर्नुभयो । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उहाको भनाई छ । वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गर्नुभयो । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उहाको भनाई छ ।









































