HomeFeatureअहिलेको गठबन्धन खिचडी गठबन्धन हो: नेपाल

अहिलेको गठबन्धन खिचडी गठबन्धन हो: नेपाल

काठमाडौं, 15 फरवरी 2023

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरामा रहेका अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको टिप्पणीसमेत गरेका छन् । ‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो’ उनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्दत गठबन्धन हो, यिनीहरूको वैचारिक एकता छैन, यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन् ।’ उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्। ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्छौँ, त्यसका लागि सम्भव भए मोर्चा समेत बनाउँछौ र पार्टी एकतासम्म हुनसक्छ तर एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलीन भने हुँदैन।’ महासचिव बेदुराम भुषालको संयोजकत्वमा अन्य राजनीतिक दलसँग एकीकरण गर्ने, नभए मोर्चाबन्दी भएर जाने भन्दै छलफल चलाइरहेको बेला अध्यक्ष नेपालको यस्तो भनाई आएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...