HomeFeatureसंसदमा विश्वप्रकाशले ४ विषयमा गराए ध्यानाकर्षण

संसदमा विश्वप्रकाशले ४ विषयमा गराए ध्यानाकर्षण

काठमाडौं, 15 फरवरी 2023

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा चौतर्फी रुपमा ४ विषयमा छलफल हुनुपर्ने धारणा राखेका छन्। बुधवार संसदमा आफ्नो धारणा राख्दै शर्माले ४ विषय उठान गरेका हुन्। केही समयअघि संसद भवनअघि आत्मदाह गरेका प्रेम आचार्यको गाउँ इलाम पुगेर आइपुगेको प्रसंग उल्लेख गर्दै शर्माले आत्महत्या केवल मृत्युमात्र हुन नसक्नेसमेत उल्लेख गरेका छन्।

‘म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा! माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ,’ शर्माले भने, ‘नेपाल प्रहरीको तथ्यांक भन्छ – आत्महत्याको दर यो दशकमा

 ७८% ले वृद्धि भएको छ। सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु। भोग्ने परिवारका लागि पिडाको आकार बेहिसाब छ।’

उनले मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व तथा व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण भएको उल्लेख गरे । यस्तो अवस्थामा दलहरु, मिडिया र समाजलाई शर्माले चार विषयमा गम्भीर छलफल गर्नसमे आग्रह गरे। ‘मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेश बिचको असन्तुलन आत्महत्याको मुख्य कारण निस्चय नै हुन्। तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनैतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छl राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य,  झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य,’ शर्माले भनेका छन्, ‘यी ४ गहन बिषयमा गम्भीर रास्ट्रीय विमर्श जरुरी छl सम्माननिय सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु!’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...