HomeFeatureआईपीएलको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स

आईपीएलको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स

दुबई, 23 सितम्बर 2021

इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो । गएराति आईपीएल अन्तर्गत सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । १ सय ३५ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल अगावै मात्र दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो । दिल्लीका श्रेयस अइयर ४७ रनमा अविजित रहँदा शिखर धवनले ४२ रन बनाए । त्यस्तै कप्तान ऋषभ पन्त ३५ रनमा नटआउट रहे । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन जोडे । बलिङमा दिल्लीका काशिगो रबाडाले तीन तथा एनरिच नोर्जे र अक्क्षर पटेलले समान दुईदुई विकेट लिए । दिल्लीले जितसँगै ९ खेलबाट १४ अंक जोड्दा ८ खेलबाट मात्र दुई अंकसहित हैदराबाद पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...