HomeFeatureआगामी आर्थिक वर्षको बजेटको छलफलमा सहभागी हुन माओवादी केन्द्रको निर्देशन

आगामी आर्थिक वर्षको बजेटको छलफलमा सहभागी हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौं, 24 मई 2022

नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ रचनात्मक तवरले भाग लिन सांसदलाई निर्देशन दिनुभयो । प्रचण्डले आगामी आवको नीति तथा कार्यक्रमले लिन लागेको नीति र लक्ष्यका बारेमा सांसदलाई जानकारी गराउनुभएको थियो । माओवादीका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सक्रियताका साथ छलफल प्रक्रियामा भाग लिन र विषय वस्तुको गम्भीरतालाई बुझेर काम गर्न निर्देशन दिएको बताउनुभाये । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  सांसदले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...