HomeFeatureआगामी निर्वाचनमा गठन्धनको पराजय निश्चित: ओली

आगामी निर्वाचनमा गठन्धनको पराजय निश्चित: ओली

काठमाडौं, 19 फरवरी 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठन्धनको पराजय निश्चित रहेको बताउनुभएको छ । शनिबार भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको भन्दै चुनावी परिणामले नै गठबन्धनको पत्तासाफ हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार अव धेरै दिन नटिक्ने समेत बताउनुभयो । देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प एमाले हुने उहाले बताउनुभयो । आफ्नो सरकारको पालामा व्यापक विकासका काम गरेको भन्दै उहाले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने दावी गर्नुभयो । अध्यक्ष ओलीले एमसीसीलाई केहि दलले मागिखाने भाडो बनाएकाले ठूला शक्ति राष्ट्रको हस्तक्षेप बढेको धारणा पनि राख्नुभयो । सत्ता गठबन्धनका कारण ठूला शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन थालेपनि अझै चेत नआएको उहाको भनाई छ । उहाले एमसीसीका सन्दर्भमा संसद्ले नै निर्णय लिनुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारको स्थिति खतरामा पर्दै गएकाले नेपाल अप्ठ्यारो स्थितिमा पुगेको पनि उल्लेख गर्नुभयो । प्रजातन्त्र दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिकाले जगातीमा २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...