HomeFeatureआगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने नेपालको दावी

आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने नेपालको दावी

काठमाडौं, 9 मार्च 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने दावी गर्नुभएको छ । बुधबारबाट काठमाडौंमा सुरु समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको बताउनुभएको हो । उहाले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको र उक्त षडयन्त्रहरुलाई बिफल पारिएको उहाको भनाई छ । अध्यक्ष नेपालले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने भन्दै अराजकतालाई पार्टीभित्र स्वीकार गर्न नसकिने उल्लेख गर्नुभयो । त्यस्तै उहाले आफुहरुले निर्माण गरेको एमालेलाई केपी ओलीले कव्जा गरेका कारण बिद्रोह गर्नुपरेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई जनताको आकांक्षा अनुरुप नै अघि बढाउनुपर्ने बताउनुभयो । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीवारको बैठकले पारित गर्ने एकीकृत समाजवादीले जनाएको छ । प्रतिवेदनमाथि छलफल गर्न बिभिन्न समूह बनाइएको र बिहीबार ११ बजे बस्ने बैठकमा निष्कर्ष प्रस्तुत हुने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...