HomeFeatureआचारसंहित पूर्णरुपमा कार्यान्वयन गराउनका लागि आयोग प्रतिवद्ध: निर्वाचन आयोग

आचारसंहित पूर्णरुपमा कार्यान्वयन गराउनका लागि आयोग प्रतिवद्ध: निर्वाचन आयोग

काठमाडौं, 29 अप्रैल 2022

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका अभिमुखीकरण कार्यक्रममा थपलियाले कानूनमा स्पष्ट रुपमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था भएपनि ऐनको दफालाई नजरअन्दाज गरेर दिएको उम्मेद्वारी भएकाले दुवै उम्मेदवारी बदर गरिएको बताउनुभएको हो । उहाले कम्तीमा एक तिहाई महिलाको उम्मेदवारी दिन भनिएकोमा यसपटक २०७४ सालको भन्दापनि घटाएर महिला उम्मेदवार उठाइएको बताउनुभयो । कतिपय प्रावधानप्रति आयोगको आयोचना भइरहेको भएपनि आगामी दिनमा अझै कठोर रुपमा अघि बढ्नुपर्ने उहाले बताउनुभयो । थपलियाले आचारसंहित पूर्णरुपमा कार्यान्वयन गराउनका लागि आयोग प्रतिवद्ध रहेको धारणा राख्नुभयो । निर्वाचनमा हुने पर्यवेक्षण निकै महत्वपूर्ण हुने भन्दै उहाले आगामी दिनमा कानून बनाउनका लागि पनि पर्यवेक्षण प्रतिवेदन उपयोगी हुने जिकिर गर्नुभयो । त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन पर्यवेक्षकले स्वनिगरानीदेखि मतदाता, उम्मेदवारका साथै आयोगको कामको पनि निगरानी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश शुसीला कार्कीले निर्वाचनलाई स्वच्छ बनाउन मतदातादेखि राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...