HomeFeatureआजबाट राजधानीमा क्लब लिग भलिबल शुरु

आजबाट राजधानीमा क्लब लिग भलिबल शुरु

काठमाण्डौ,1 अप्रैल 2021

विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले आजबाट राजधानीमा शूरु भएको पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि २५–९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो । यस्तै पुरुषकै अर्को खेलमा एपिएफ क्लबले र बुलबुले रारा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो । तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफ माथि २५–१८ को जित हात पा¥यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२–३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।

महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ ले पराजित गरेको हो । चैत २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...