HomeFeatureआज गाईजात्रा पर्व काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा विशेष रुपमा मनाईदै

आज गाईजात्रा पर्व काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा विशेष रुपमा मनाईदै

काठमाण्डौ, 4 अगस्त 2020

आज गाईजात्रा पर्व काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा विशेष रुपमा मनाईदै छ । विशेषगरी नेवारी समुदायले मनाउने यो वर्षमा वर्षभरी दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउने चलन छ । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला उपत्यकामा यो वर्ष मनाउनेहरुको भिड देख्न सकिन्छ । गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी गर्ने र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ । तर पछिल्लो समय गाईजात्रालाई देशको राजनीतिक तथा सामाजिक विसंगतिप्रति व्यंग्य प्रहार गर्ने पर्वका रुपमा पनि मनाउने गरेको पाइएको छ । काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरीन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा नहुन आग्रह गरेपनि काठमाडौंको बसन्तपुर लगायतका ठाउँमा भने ठूलो संख्यामा सर्वसाधारणहरु भेला भएको प्रष्टै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...