HomeFeatureआज युवकवि सिद्धिचरण श्रेष्ठको 109 औँ जन्मजयन्ती

आज युवकवि सिद्धिचरण श्रेष्ठको 109 औँ जन्मजयन्ती

काठमाण्डौँ, 22 मई 2020

आज युवकवि सिद्धिचरण श्रेष्ठको 109 औँ जन्मजयन्ती हो। वि.सं. 1969 साल जेठ 9 गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो। उहाँ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ। लकडाउनका कारण उहाँको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उहाँका छोरा रविचरण श्रेष्ठले बताउनुभयो। उहाँका परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ।

सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाली भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ। युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे 6 दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाउनुभएको छ। ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी उहाँका रचनाहरु सर्वाधिक चर्चामा छन्। उहाँका कतिवा संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन्।

युगकवि श्रेष्ठको वि.सं. 2049 साल जेठ 22 गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...