HomeFeatureआज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाण्डौ, 19 नोवेम्बर 2020

आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाईदैछ। नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन छन् । देशका विभिन्न ठाउँमा रहेका सार्वजनिक शौचालयहरुको व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषण त भएको छ नै विभिन्न रोग फैलाउने डर पनि उत्तिकै छ। सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

दिवसकै अवशरमा ललितपुर महानगरपालिकाको मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ । स्मार्ट शौचालयको उद्घाटनपछि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालभरी बनेका सार्वजनिक शौचालयमध्येको व्यवस्थित र उच्च स्तरको शैचालय मंगलबजारमा निर्माण भएको बताउनुभयो । महानगरपालिकाले यहि अवधारणा अनुसार अन्य ठाउँमा शौचालय निर्माणको काम अघि बढाइने पनि बताउनुभएको छ। उहाँले महानगरपालिकाभित्र खाली जग्गामा पार्क निर्माण गर्ने देखि लिएर महानगरलाई प्रविधिमैत्री बनाउने काम पनि भइरहेको बताउनुभयो ।

सो सार्वजनिक शौचालय अपाङ्गता भएका, वृद्धवृद्धा र महिलामैत्री छ । साथै महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैँ निकाल्न सकिने व्यवस्था रहेको छ । एरोसान स्टेनेबल स्यानिटेसनले २५ लाखको लागतमा सौचालय निर्माण गरेको हो । शौचालय भवन र बायोग्यास लगायतका अन्य सुविधाहरु समेत रहेकाले लागत २५ लाख पुगेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताउनुभयो ।

विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको पहुँच शौचालयमा पुग्ने लक्ष्य तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...