HomeFeatureआज वैशाख पूर्णिमा अर्थात 2564 औँ बुद्ध जयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

आज वैशाख पूर्णिमा अर्थात 2564 औँ बुद्ध जयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाण्डौँ, 7 मे 2020

आज वैशाख पूर्णिमा अर्थात 2564 औँ बुद्ध जयन्ती। भवगान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीका रुपमा मनाउँछन्। ईशापूर्व 663 मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो। बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा माया देवीको मन्दिरलगायत देशभरका बैद्ध बिहार तथा गुम्बाहरुमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रहदै आएको छ। यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाईदै छ। काठमाडौँको स्वयम्भु पनि सुनसान देखिन्छ। यहाँ बुद्ध जयन्तीमा हुने पूजापाठ गरिए पनि कुनैपनि भक्तालुहरु देखिदैनन्। सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ। यस्तै बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मानाउन आग्रह गरेको छ।

यसबैबीच 2564 औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेश र मार्गदर्शनको परिपालनाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढन उत्साह उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सन्दर्भिक भइरहेको बताउँदै शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...