नयाँ दिल्ली, 15 फरवरी 2020
आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आईतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ। शपथ ग्रहण समारोह दिल्लीस्थित रामलीला मैदानमा बिहान 10 बजेदेखि शुरू हुनेछ। शपथ ग्रहण समारोहको लागि रामलीला मैदानमा तयारी जोडदारका साथ चलिरहेको छ।
दिल्ली विधानसभा चुनावको परिणाम सार्वजनिक भएपश्चात् आप विधायक दलको बैठक बसेका थियो र बैठकले सर्वसहमतिमा केजरीवाललाई विधायक दलको नेता चयन गरेको थियो।
शपथ ग्रहण समारोहको लागि दिल्ली पुलिसले यातायात परामर्श जारी गरेको छ। यस अवधिमा राजघाट चौकदेखि दिल्ली गेट चौकमा कुनै पनि व्यवसायिक वाहनहरू र बसहरूको आवागमनलाई अनुमति छैन, साथै पहाडगंज चौकदेखि अजमेरी गेट तिर पनि यी वाहनहरूको आवागमनमा अनुमति दिइएको छैन। कारको लागि पार्किंग व्यवस्था सिविक सेन्टरको भित्रपट्टी र बाहिरपट्टी गरिएको छ। भने बसको लागि माता सुन्दरी रोड, पावर हाउस रोडका अतिरिक्त राजघाट र शान्ति वनमा पार्किंगको व्यवस्था गरिएको छ।









































