HomeFeatureआफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरको लागि र जनताको हितको लागि...

आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरको लागि र जनताको हितको लागि शान्ति प्रक्रियामा आएको: प्रचण्ड

काठमाडौ, 25 अक्तूबर 2021

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरको लागि र जनताको हितको लागि शान्ति प्रक्रियामा आएको बताउनुभएको छ। सोमबार काठमाडौंमा नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा प्रचण्डले माओवादी हारेर आत्मसमपर्ण गरेको नभएर अन्य राजनीतिक दलहरु माओवादीको एजेण्डामा आएको बताउनुभएको हो । गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता केहिलाई मन नपरेको भन्दै उहाले माओवादीले ल्याएको परिवर्तनप्रति केहिको रिस देखिएको जिकिर गर्नुभयो । नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरुले कन्जुस्याइँ गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताउनुभयो । भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने उहाले बताउनुभयो ।नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धको बिषयमा उल्लेख गरिएको बताउनुभयो । २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...