HomeFeatureआफ्ना परिवारसहित अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा

आफ्ना परिवारसहित अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा

नयाँदिल्ली, २२ फरवरी, २०२०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक आफ्नो सिङ्गो परिवारसहित भारत भ्रमणमा आउने भएका छन् । राष्ट्रपति ट्रम्प फेब्रुअरी २४ मा पत्नी मेलानिया, छोरी इवाङ्का, ज्वाइँ जेरेड कुश्नरसहित भारत भ्रमणमा आउन लागेका हुन् ।

छोरी इवाङ्का उच्चस्तरीय प्रतिनिधि मण्डलको सदस्यको रुपमा भ्रमणमा सहभागी हुनेछिन् भने ज्वाइँ कुश्नर राष्ट्रपति ट्रम्पको सल्लाहकारका रुपमा आउँदैछन् ।
भारत भ्रमणमा आएलगत्तै ट्रम्प परिवार अहमदाबाद पुग्ने र त्यहाँ रहँदा ताजमहलको समेत अवलोकन गर्ने भारतीय सञ्चारमाध्यामहरुमा उल्लेख गरिएका छन् ।

राष्ट्रपति ट्रम्पकी छोरी इवाङ्का पहिलोपटक भारत भ्रमणमा आउन लागेकी भने होइनन् । उनले यसअघि सन् २०१७ मा भारतको हैदरावादको भ्रमण गरिसकेकी छिन् ।

भ्रमणका क्रममा ट्रम्पसँगै एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहने जनाइएको छ । यस प्रतिनिधि मण्डलमा सल्लाहकार कुश्नर, युएस ट्रेड प्रतिनिधि रबट लाइटलाइजर, एनएसए राबट ओ ब्रेन लगायत रहने बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फेब्रुअरी २५ मा वार्ता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...