HomeFeatureआर्थिक विकासका लागि उद्योग स्थापना र खानी उत्खनन् गर्ने प्रधानमन्त्रीको योजना

आर्थिक विकासका लागि उद्योग स्थापना र खानी उत्खनन् गर्ने प्रधानमन्त्रीको योजना

काठमाण्डौंं, 15 फेब्रुअरी 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाण्डौमा आफु निकट उद्योगी तथा ब्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीमाझ आग्रह गर्नुभएको हो । देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले जमिन, जल, वनजंगल, जडिबुटीलाई अधिकतम प्रयोग गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने काममा सरकारले पूर्ण रुपमा सहयोग गर्ने उहाँको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गर्नुभयो । आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पुर्याउने उहाँको भनाई छ । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उहाँले बताउनुभयो । साथै प्रधानमन्त्री ओलीले वलात्कारका घटनाका अपराधीहरुलाई नियन्त्रण गरेर कारबाही गर्ने पनि बताउनुभयो । आफु सरकारमा रहुञ्जेल अपराधबाट बच्न कुनै शक्ति काम नलाग्ने भन्दै उहाँले अपराधीहरुलाई न्यायको कठघरामा उभ्याएर पीडितलाई न्याय दिने दाबी गर्नुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले देशलाई अस्थिरताको भुमरीबाट मुक्त गर्नका निम्ति ताजा जनादेश दिन जनतालाई आब्हान गरेको बताउनुभयो । समृद्धिको निरन्तरताको लागि र राजनीतिक स्थिरता सुनिश्चितताको लागि निर्वाचन आवश्यक रहेको उहाँको भनाई छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताउनुभयो ।

मन्त्री रायमाझीेले प्रचण्ड–माधव पक्ष राष्ट्रको समृद्धिका विपरित सडकमा गएको बताउनुभयो । आजको आवश्यकता निर्माणको आवश्यकता भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...