HomeFeatureइतर पक्षद्वारा महाधिवेशन भाँड्न लागिएको: जिल्ला कांग्रेस सभापति

इतर पक्षद्वारा महाधिवेशन भाँड्न लागिएको: जिल्ला कांग्रेस सभापति

ललितपुर, 12 अगस्त 2021

नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् । बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताउनुभयो । उहाँले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल गर्यौं, किनभने १४ औँ महाविधवेशनको समय सिद्धन लाग्यो, हामीले महाधिवेशन १०÷१२ दिनमै सक्छौँ, यदि कांग्रेसको क्रियाशिल विवाद सकियो भने, हामीसँग अझै समय छ, छिटो भन्दा छिटो महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ भन्ने विषयलाई नै फोकस गरियो ।”

नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताउनुभयो । उहाँले जिल्लाका केही वडाहरुले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, “देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको कांग्रेसले देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको छ, सप्तरी र बारा जस्तो जिल्लालाई नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र गरेको छ, सभापतिको भेलाले सप्तरी र बाराको नयाँ क्रियाशील सदस्यताको फाइल दिनुपर्छ भनेर एकमतले कुरा उठाएका छौँ ।”

नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४ औं अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्ने बारेमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले बारा र सप्तरी जिल्लाका केही वडाहरुमा क्रियाशील सदस्यताहरुको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाउनुभयो । उहाँले महाधिवेश टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्छ भन्ने ध्येयका साथ हामी छलफलमा छौँ, यही सुझावसहित केही बुँदाहरु पनि सार्वजनिक गरेका छौँ, अहिले क्रियाशील सदस्यतालाई अल्मल्याएर विशेष महाधिवेशनमा लैजाने भ्रम छ, यो भ्रममा रहनुहुँदैन, क्रियाशील सदस्यताको टुंगो लगाउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको छ, उहाँहरुले त्यसलाई बेवास्ता गरेको जस्तो हामीले बुझेका छौँ, बेवास्ताको पछाडि अधिवेशन अल्मिलियोस्, अधिवेशन गर्ने भनेर प्रेशर दिने तर क्रियाशीलले अधिवेशन भन्दा अघिका काम रोकिराख्ने प्रपञ्चको अन्त्य होस् ।”

नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरुको विवाद नरहेको बताउनुभयो । उहाँले सर्वपक्षीय रुपमा बनेको छानबिन समितिले सर्वपक्षीय रुपमै निर्णय गरेकोले विवाद नरहेको बताउनुभयो । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उहाँको गुनोसो छ ।

उहाँले भन्नुभयो, “क्रियाशील सदस्यहरुको विवाद छैन, विवाद भएको भए छलफल हुन्थ्यो, यसमा सर्वपक्षीय छानबिन समिति बनेको छ, यसले सर्वपक्षीय रुपमै निर्णय गरेको छ, निर्णय भइसकेको कुरा निकाल्नु भनेको अधिवेशनलाई धकेल्ने काम मात्रै हो ।”

नेपाली कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरुको फाइल खोल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ विधिसम्मत, बारा र सप्तरीको क्रियाशीलका फाइलहरु खोलिएको छैन, त्यसलाई विधिसम्मत रुपमा अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ र विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्छ ।”

उहाँले विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...