मोरङ, ७ फरवरी,२०२०
मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ ।
घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो ।
शवको पहिचान नखुलेको मोरङका प्रहरी एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले अनुसन्धान जारी रहेको बताए ।









































