HomeFeatureउत्तर भारतमा वर्षा, हिमपातका कारण चिसो बढ्यो

उत्तर भारतमा वर्षा, हिमपातका कारण चिसो बढ्यो

नयाँ दिल्ली ९, जनवरी २०२०
हिजोको वर्षा र हिमपातका कारण देशको उत्तरी भागहरुमा चिसो बढेको छ । दिल्ली, हरियाणा, उत्तर प्रदेश, हिमाचल प्रदेश र उत्तराखंड लगायत अन्य क्षेत्रहरुमा वर्षा र हिमपात भएको छ । यस क्षेत्रहरुमा चिसो हावा चल्नुका साथै अझै चिसो बढिरहेको छ ।
हिजो राष्ट्रिय राजधानी दिल्ली र वरपरका क्षेत्रहरुमा हल्का वर्षा भएको थियो । दिल्लीमा १० दशमलव ६ मिलिमिटर वर्षा भई रेकर्ड तोडेको छ ।
मौसम अधिकारीहरुले आज पनि मौसम बदलीने जानकारी गराएका छन् । अधिकतम र न्युनतम तापमान १६ देखि ९ डिग्री सेल्सियस रहनेछ ।
उत्तराखंडमा हिमपात र बाक्लो कुइरोले गर्दा मानिसहरुको जनजीवनमा प्रभाव पारेको छ । राज्यको मैदानमा सडक यातायात र रेल सेवाहरुमा पनि नराम्रो असर परेको छ । आज बिहान विमान सेवा पनि प्रभावित भएको थियो । राज्यमा हिमपातका कारणले गर्दा धेरै सडकहरु बन्द भएका छन् ।
मसुरीमा २ घण्टा ठुलो हिँउ परेको थियो । नैनीताल र केही अन्य स्थानहरुमा विद्यालय र आंगनबाडी केन्द्रहरु बन्द गरिएका छन् । नैनीतालमा हिमपातको आनन्द लिनको लागि पर्यटकहरुको संख्या अझै बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...