काठमाण्डौ, 22 अक्टोबर 2020
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरमा रहदैगर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याई नभ्याई छ। असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिए पछि किसानहरु दोहोरो हतारमा छन। एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ । हामी ललितपुर दक्षिण क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोहीभने धान झार्दै थिए । खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दशैं मनाउने योजना रहेको बताएका छन् । त्यस्तै कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काटने काममा आफुहरु व्यस्त भएको किसानहरुको भनाई छ ।
काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काईसक्ने चलन छ । उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुईमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार हतार उठाउने गरिन्छ ।









































