HomeFeatureउपत्यकामा निषेधाज्ञा भदौ १७ सम्मका लागि लम्बियो

उपत्यकामा निषेधाज्ञा भदौ १७ सम्मका लागि लम्बियो

काठमाडौं, 26 अगस्त 2020

काठमाडौं उपत्यकामा भदौ ३ गते राति देखि सुरु भएको निषेधाज्ञा भदौ १७ गते सम्मका लागि लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गते राति १२ गते सम्म कायम गर्ने निर्णय गरेको हो। बैठकपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञा प्रभावकारी भएको र यसलाई थप लम्बाउनुपर्ने सुझाव विभिन्न क्षेत्रबाट आएकाले दोस्रो चरणको रुपमा थप एक साताका लागि निषेधाज्ञा लम्बाइएको बताउनुभयो। उहाँले निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाद्यान्न, तरकारी दुग्धजन्य वस्तुहरु खरिद विक्री गर्न विहान सवा ९ बजे सम्मका लागि समय तोकिएको बताउनुभयो। सर्वपक्षिय सहमतिको आधारमा र नागरिक स्तरबाटै निषेधाज्ञाको माग भएकोले दोस्रोचरणको निषेधाज्ञा जारी गर्ने प्रक्रियामा अगाडि बढेको उहाँले स्पस्ट पार्नुभयो।

उपत्यका भित्रका नगरपालिकाहरु, महानगरपालिका, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेपछि निषेधाज्ञालाई दोस्रो चरण अन्तर्गत एक साता थप गरिएको उहाँले बताउनुभयो। सबै पक्षको मागको आधारमा दोस्रो चरणको निषेधाज्ञा जारी भएकाले अुनगमन टोलि खटाएर आदेश पालना गराउने कामलाई थप कडाई गरिने पनि प्र.जि.अ. दाहालले बताउनुभयो। अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने कर्मचारी बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको पनि उहाँले बताउनुभयो। जसमा एम्बुलेन्स, स्वस्थ्यकर्मी, खाद्यन्न ढुवानी, सरकारी सवारी साधन, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्था लगायत रहेका छन। प्र.जि.अ. दाहालले निषेधाज्ञा जारी भएपछि उपत्यका प्रवेश गर्ने नाकामा पनि आवागमन ठप्प भएको बताउनुभयो । अत्यावश्यक सेवाका लागि आउने मान्छेहरु बाहेक अन्य मानिसहरुको आवागमन ठप्प पारिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...