काठमाडौं, 6 अप्रैल 2023
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै यस्तो आग्रह गरे।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदै छ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको र, यो खुसीको कुरा रहेको बताएका हुन्।
‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनैपर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’, उनले लेखेका छन्।
वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।









































