काठमाडौं, 20 अप्रैल 2023
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको भन्दै तारिफ गरेका छन्। उनले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको सुनाए । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।
‘मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौं। उहाँ मधेशको अधिकारकालागि क्याबिनेटमा पनि म सँग धेरै पटक झगडा गर्नुभयो मधेशका लागि लड्नुभयो,’ देउवाले भने, ‘उहाँ सच्चा मधेशका प्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं।’
सभापति देउवाले बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताए । उनले लोकतन्त्रमा जनता नै देशको मालिक भएको बताए । ‘









































