HomeFeatureएनएसजेएफद्वारा वरिष्ठ पत्रकार अजय राणा र खेलकुद पत्रकार सञ्जय थापा सम्मानित

एनएसजेएफद्वारा वरिष्ठ पत्रकार अजय राणा र खेलकुद पत्रकार सञ्जय थापा सम्मानित

काठमाण्डौ,13 अप्रैल 2021

खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वरिष्ठ पत्रकार अजय राणा र खेलकुद पत्रकार सञ्जय थापालाई सम्मान गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा आफ्नो १६औं साधारणसभाको अवसरमा मञ्चले अग्रज पत्रकारमा अजय राणा र अनुजमा नागरिक दैनिकमा खेलकुद पत्रकारिता गर्ने  सञ्जय थापालाई सम्मान गरेको हो । राणा एनएसजेएफ खेल पत्रकारिता र थापा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

मञ्चले हरेक वर्ष स्थापना दिवसका अवसरमा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका आयोजना गर्ने सम्मानअन्तर्गत राणा र थापालाई सम्मानित गरेको हो ।

दुवैलाई युवा तथा खेलकुदमन्त्री दावा तामाङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दोसल्ला र ताम्रपत्र ओडाएर सम्मान गर्नुभएको छ । वरिष्ठ पत्रकार राणा २५ हजार नगदबाट सम्मानित हुँदा युवा पत्रकार थापालाई सम्मानबापत ल्यापटप प्रदान गरिएको थियो । युवा पत्रकार सम्मानको पुरस्कार खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय छाता संगठन एआइपिएस एसियाले रकम उपलब्ध गराएको हो। मंगलबार नै मञ्चले नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलाई स्वागत तथा बधाईसमेत दिएको छ ।

साथै मञ्चले महासंघका एसोसिएट सचिवमा निर्वाचित मञ्चका पूर्वप्रवक्ता पवन आचार्य तथा एसोसिएट केन्द्रीय सदस्यमा निर्वाचितद्वय विकास कार्की र कृति भट्टराईलाई सम्मान समेत गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीले महासंघका नवनिर्वाचित नेतृत्वलाई स्वागत तथा एसोसिएटलाई सम्मान गर्नुभयो । मञ्चले आफ्नो साधारणसभाबाट विधानका विभिन्न बुधाहरू संशोधन गर्दा प्रादेशिक संरचनामा जानका लागि कार्यदलसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...