HomeFeatureएमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल

एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं, 21 फरवरी 2022

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । सो क्रममा एमसीसीलाई यथावस्थामा पारित गर्न नहुनेमा एकमत रहेको समाजवादीका नेता झलनाथ खनालले बताउनुभयो । उहाले संशोधनबिना एमसीसी स्वीकार्य नहुने र यसमा माओवादी र समाजवादीको एकै धारणा रहेको जिकिर गर्नुभयो । त्यस्तै माओवादी नेता देव गुरुङले अहिलेको अवस्थामा एमसीसीका बारेमा सदनमा छलफल गर्ने अवस्था नरहेको बताउनुभयो । सदन अवरुद्ध भएकाले छलफल गर्न चूनौति देखिएकाले सदनलाई सूचारु गर्ने वातावरण बनाएर नै छलफल गर्नुपर्ने उहाको भनाई छ । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । जसपाभित्र पनि एमसीसीका बारेमा मतभेद छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...