दिल्ली, 24 फरवरी 2022
आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै नायक पल शाहले दोषी भए सजाय भोग्न तयार रहेको जनाएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको हो। पछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।
शाहले लेखे, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् ।









































