काठमाडौं, 28 नवम्बर 2021
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्रमा सहमागि नेताहरु एकताको सन्देश दिन नेताहरुलाई आग्रह गरेका छन् । आइतबार बन्दशत्रको दोस्रो दिन बन्दशत्रमा सहभागि नेताहरुले शीर्ष नेताहरुलाई नेकपा एमाले एकढिक्का छ भन्ने सन्देश दिन आग्रह गरेका हुन । नेकपा एमालेका नेता लालबाबु पण्डितले महाधिवेशपछि नेकपा एमाले जनताकोबीच जानुपर्ने बताउनुभयो । उहाँले नेकपा एमाले आफ्ना कार्यक्रमहरु जनतको माझमा लैजाने गरि अधिबढेको बताउनुभयो । फरक प्रश्नमा पण्डितले १० बुँदे सहमति इतिहास बनिसकेको जिकिर गर्नुभयो । नेकपा एमालेका सचिव योगेश भट्टराईले महाधिवेशनको पार्टी फुटेपनि यो एकताको महाधिवेशन भएको बताउनुभयो । उहाँले नेपालमा एमालको अगुवाईमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान थालिने जानकारी दिनुभयो । सचिव भट्टराईले महाधिवेशनपछि सौराहबाट नेकपा एमाले दौडिने बताउनुभयो । उहाँले आउदो निर्वाचनमा नेपालको पहिलो पार्टी नेकपा एमाले बन्ने र प्रधानमन्त्री नेकपा एमालेकै हुने ठोकुवा गर्नुभयो । एमाले नेताहरुले विगतका मनमुटावबाट मुक्तिभइ नयाँ सोचका साथ अधिबढ्न आग्रह गरेका गरेका थिए ।









































