HomeFeatureएमाले अध्यक्ष ओलीविरुद्ध सत्तारुढ गठबन्धनको आक्रोश

एमाले अध्यक्ष ओलीविरुद्ध सत्तारुढ गठबन्धनको आक्रोश

काठमाडौं, 23 अगस्त 2021

सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ । सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक, सचेतकहरुसहितको सोमबार सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र सोही दलका सांसदहरुले उहाँकै कार्यकक्षमा सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो । बैठकले अध्यक्ष ओली र उहाँका दलका सांसदहरुलाई सभामुख विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि सचेत गराएको छ । प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरुले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माननीय सदस्यहरुले सम्मानीय सभामुखज्यूलाई लक्षित गरी दिनु भएको संसदीय मर्यादा विपरित बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख प्रतिपक्ष दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखविरुद्ध दिनु भएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो । सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो । अतः सम्माननीय सभामुखविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं ।

बैठकपछि सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक गुरुङ, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलका नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि जीवनराम श्रेष्ठले जारी गर्नु भएको संयुक्त वक्तव्यमा नेकपा (एमाले)का सांसदहरुले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्सर्ना समेत गरिएको छ । नेकपा एमालेका सांसदहरुले गत भदौ ३ र ४ गते सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीको तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदहरुमाथि कारबाही गरिएको सूचना टाँस गर्न दवाव दिएका थिए भने संसदीय दलका नेता ओलीले सभामुखले दलले गरेको कारबाही अनुसार सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...