HomeFeatureनेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउदैं

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउदैं

काठमाडौं, 23 अगस्त 2021

नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउन लागिएको हो ।आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ । राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ । रानीलाई खुशी पार्न गरेको यो उपायले पनि रानी खुशी नभएपछि आजकै दिन विभिन्न हास्य व्यंग्यात्मक सिर्जनाहरुको कार्यक्रम आयोजना गरेर राजाले रानीको मन शान्त पारेको इतिहास छ । यसैबीच, सरकारले गाईजात्राको अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...