HomeFeatureएसियन गेम कतारमा गर्न कतार ओलम्पिक कमिटीले नेपालसँग माग्यो समर्थन

एसियन गेम कतारमा गर्न कतार ओलम्पिक कमिटीले नेपालसँग माग्यो समर्थन

काठमाण्डौ, 3 डिसेम्बर 2020

कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ। कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो । कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ । हाल सम्म कतार र साउदी अरेबियाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशहरुले मतदान गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतार र नेपालको बीचमा रहेको कुटनीतिक सम्बन्ध र धेरै नेपालीहरुले कतारमा रोजगारी पाएको हिसाबले पनि कतारी ओलम्पिक कमिटीले नेपालको समर्थनको अपेक्षा गरेको बताउनुभयो । यद्यपी कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कतार ओलम्पिक कमिटीको टोलीले एसियन खेलुकदलाई नमुनाको रुपमा आयोजना गर्ने बताएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो। कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो । यस अघि २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...