HomeFeature’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरीमा

’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरीमा

काठमाडौं, 24 फरवरी 2022

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १–० गोलको अग्रता बनाएका थियो । रोनिल एन्थोनी पाउलको फ्रि–किक हेडर मार्फत क्लियर गर्न खोज्दा दिवसले आफ्नै पोस्टमा गोल गरेका थिए । तर, खेलको ८९ औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेको छ । हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...