HomeFeatureओलम्पिकका लागि महामारीमा पनि खेलाडीहरुको अभ्यासमा जारी

ओलम्पिकका लागि महामारीमा पनि खेलाडीहरुको अभ्यासमा जारी

काठमाडौं, 8 अगस्त 2020

कोरोना भाइरसले महामारीको रुप नलिएको भए यति बेला छनोट भएका तीन (पौडी–२, एथ्लेटिक्स–१) तथा वाइल्ड कार्ड पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे। तर अहिले अवस्था फरक छ। पदक लक्ष्यका साथ नेपाली खेलाडी एक वर्ष पछि सरेको ओलम्पिकका लागि महामारीको बीचमा पनि अभ्यासलाई निरन्तरता दिइरहेका छन। विश्व ओलम्पिकमा सहभागिता जनाउनका लागि कुनै पनि खेलाडीका लागि तीन माध्यम छन। छनोट पार गर्ने, अनिवार्य सहभागी हुनुपर्ने र ‘वाइल्ड कार्ड’ मार्फता सहभागिता गर्ने पाउने प्रावधान छ। छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम ‘वाइल्ड कार्ड’ हो। नेपालले छनोट चरण पार गर्न निकै कठिन छ। ‘वाइल्ड कार्ड’ नेपालको सहभागिताको बाटो हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम ‘वाइल्ड कार्ड’का लागि सिफारिस गरिएको छ। वाइल्ड कार्डबाट प्रवेश गर्ने लक्ष्य सहित धकेलिएको समयलाई सदुपयोग गर्ने खेलाडी बताउँछन।

अनिवार्य सहभागी हुनुपर्ने पौडीबाट संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटिले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ कांस्यपदक जितेकी गौरिका सिंह र पुरुषततर्फ उत्कृष्ट प्रदर्शन गरेका एलेक्स गाडेगार्ड शाहको नाम अन्तर्राष्टिय ओलम्पिक कमिटिलाई पठाइसकेको छ। सरकारले भदौ १ गतेतबाट प्रशिक्षण गर्न पाउने गरी निर्देशिका जारी गरेकाले सोही अनुसार प्रशिक्षण सुरु हुने कमिटीका उपाध्यक्ष चतुरानन्दा राजवैद्यले बताउनुभयो। १९६४ को टोकियो संस्करणदेखि गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरेको नेपालले १३ संस्करणमा सहभागिता जनाइसकेको छ। नेपालबाट एउटा संस्करणमा १६ जनासम्म खेलाडीले सहभागिता जनाएका छन। अहिले सम्म छनोट पार गरेर ओलम्पिकमा संगीना वैद्य र दीपक विष्टले मात्र खेलेका छन। ओलम्पिकमा छनोट चरणको प्रावधान लागू भएसँगै वाइल्डकार्डको माध्यम नै नेपाली खेलाडीको औपचारिक सहभागिता हो। समयअनुकुल अभ्यास, न्युन प्रतियोगिता आयोजना हुनु, खेलाडीमा अनुभवको कमी जस्ता कारणले नेपालको ओलम्पिक साँघुरिएको छ। यसबारेमा सम्बन्धित निकायले समयमा ध्यान जरुरी छ नत्र ओलम्पिक सहभागिता एकादेशको कथा जस्तै हुन सक्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...