HomeFeatureओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोहको बाटो रोज्न बाध्य छौँ:...

ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोहको बाटो रोज्न बाध्य छौँ: पुष्पकमल दाहाल

काठमाण्डौ, 18 अगस्त 2021

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउनु भएको छ । अध्यक्ष दाहालले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताउनु भयो । सहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका बेला हामीले पार्टी भित्रैको निरंकुश प्रवृतिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहोर्याउनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘सम्पूर्ण उपलब्धिलाई धराशायी पार्ने एउटा प्रवृति देखा पर्यो । जसलाई हामीले प्रतिगामी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारी प्रवृति भन्यौ । त्यो प्रवृति कम्युनिष्ट पार्टी भित्रै देखा पर्यो । हाम्रो कोसिस थियो कि हामी कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरु शक्तिलाई पनि सच्याउने प्रक्रियाबाट जाने भन्ने थियो । तर त्यस्तो भएन । कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति जो देखा पर्यो । र हामीले त्यसका विरुद्ध संघर्ष गर्नु पर्यो । र हामीले निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यक्ता महशुस ग¥यौ । विद्रोह गर्नैपर्ने स्थिति देख्यौं । र हामीले विद्रोह गर्यौं ।’

अध्यक्ष दाहालले आफै भित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गर्नु भयो । नयाँ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनपर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढनुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...