HomeFeatureकाठमाडौं महानगरपालिका वडा नं. १२ को भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नं. १२ को भवन शिलान्यास

काठमाण्डौ, 18 अगस्त 2021

काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय भवन शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास बुधवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको हो । टेकुमा बस्न लागेको वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ । भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सुविधा सम्पन्न आधुनिक भवन बनाउन आफुहरु तयार रहेको बताउनुभयो । बाहिरी स्वरुपमा मौलिकता कायम गर्ने र भित्र सबै आधुनिकता झल्किने गरी भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

६ तल्ले भवनमा कार्यालयका लागि आवश्यक कार्यकक्ष, ५० जना क्षमताको कार्यक्रम हल, भूमिगत तल्लामा पार्किङको व्यवस्था, ६ जना क्षमताको लिफ्टको व्यवस्थासमेत हुने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...