HomeFeatureकक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डौ, 7 अगस्त 2021

यो वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । आजको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने बोर्डले बताएको छ । अब परीक्षा गराउँदा १५ दिन अघि सूचना प्रकाशन गरी परीक्षार्थीलाई जानकारी गराइने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि सञ्चालन कार्यतालिका सार्वजनिक भएको थियो । शुक्रबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएर पछिल्लो अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो । यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए । कोरोनाको जोखिम बढेसँगै परीक्षा स्थगित गर्न परीक्षार्थीका अभिभावकहरुले पनि आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...