टिकापुर, 19 अप्रेल/ हिम शाह
कर्णाली नदीमा बेपत्ता भएका युवकको शव 3 दिनपछि फेला परेको छ। बैशाख 5 गते मलामी गएका टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 9 का 30 वर्षीय बादल ठकुल्लाको शव आज भेटिएको प्रहरीले जनाएको छ।
कर्णाली नदीको सनकट्टी घाटमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका ठकुल्लाको शव करिब 10 किलोमिटर तल टिकापुर नगरपालिका वडा नम्बर 8 को श्रीलंकामा भेटिएको ईलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज डीएसपी मनोहर भट्टले जानकारी दिनुभयो।
नदीमा पौडी खेल्दा बेपत्ता भएका उनलाई स्थानीयवासी र प्रहरीले खोजि कार्य गरिरहेका थिए।









































