HomeFeatureकसले बुझ्ने पत्रकारहरुको पीडा, चुनौती नै चुनौती छन् पत्रकारितामा

कसले बुझ्ने पत्रकारहरुको पीडा, चुनौती नै चुनौती छन् पत्रकारितामा

काठमाण्डौ, 17 फेब्रुअरी 2021

पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा आएको पत्रकारहरुले बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु रहेपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका हुन् । पत्रकारहरुले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाएपनि ढिलो गरी पाउने भएकाले पत्रकारहरु समस्यामा पर्ने गरेको बताएका छन् । सुर्खेतबाट गोरखापत्र सम्वाददाता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताउनुभयो । न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उहाँको भनाई छ । मिडिया हाउस मोटाउँदै जाने तर श्रमजिवी पत्रकारले चाहिं पारिश्रमिक नपाउने अवस्था रहेको उहाँको भनाई छ ।  महिला पत्रकारमाथि झनै पारिश्रमिक र जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उहाँले महिला पत्रकारहरु पत्रकारितामा टिकिरहन समस्या रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीे कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउनुहुन्छ । स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरु खुलेका भएपनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौतीहरु उत्पन्न हुने गरेको उहाँको भनाई छ । पत्रकारहरुको शान्ति सुरक्षाको समस्या पनि भयावह रुपमा बढेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बाहानामा पत्रकारहरु जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताउनुभयो । ठूला मिडिया हाउसहरु केवल व्यवसाय उन्मुख मात्रै भएको उहाँको भनाई छ । साना तथा स्वरोजगारमुखि मिडिया जीवन मरणको संकटमा रहेको अध्यक्ष बिडारीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खालका कानूनहरु नआउन् भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । श्रमको मूल्य पाउने वातावरण बनाउनुपर्ने अर्को चुनौती रहेको उहाँको भनाई छ । कोभिड–१९ बाट थलिएका स्वरोजगारमुलक मिडियाको निरन्तरताको प्रबन्ध गर्नुपर्ने अवस्था रहेको दाहालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रेम बिश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताउनुभयो । त्यस्तै पारिश्रमिक नपाउने, परिचयपत्र प्रदान तथा नविकरणका पनि समस्या रहेको उहाँको भनाई छ । विभिन्न राजनीतिक पार्टी तथा सरकारबाट धम्की आउने चुनौती रहेको उहाँले बताउनुभयो ।

विश्वकर्माले स्वतन्त्र पत्रकारिताको निम्ति राज्य पनि जवाफदेहि हुनुपर्ने बताउनुभयो । राज्यले भयरहित र स्वतन्त्र तरिकाले काम गर्ने वातावरण दिनुपर्ने उहाँको भनाई छ । मिडिया हाउसले पनि पत्रकारहरु आफुहरुको खम्बा ठानेर सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...