HomeFeatureकाँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १३ गतेसम्म हुने

काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १३ गतेसम्म हुने

काठमाडौं, 14 अगस्त 2021

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ । काँग्रेस केन्द्रिय कार्य समितिको शनिबार सम्पन्न बैठकले मंसीरको दोस्रो साता पार्टीको १४ औ महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रिय सदस्यहरुको ३ दिनसम्मको लगातार छलफल गरी महाधिवेशनको मिति मंसीर ९, १०, ११, १२ र १३ गते पाँच दिनमा सम्पन्न गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । महाधिवेशन अन्तरगत भदौ १८ गते वडा अधिवेशन गरिनेछ । पार्टीको बैधानिकता कायम हुने गरी महाधिवेशनको तयारीका लागि वडा अधिवेशन सो मितिमै गर्ने निर्णय लिइएको पनि प्रवक्ता शर्माले स्पष्ट पार्नु भयो । बैठकले तोकेको कार्यतालिका अनुसार भदौ २७ गते गाउँनगरपालिका अधिवेशन, असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिनेछ । त्यसैगरी कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन सम्पन्न गरिनेछ । दशैं तिहार जस्ता चाड पर्वका कारण प्रदेश अधिवेशनको मिति भने पर सार्नु परेको पनि प्रवक्ता शर्माले स्पष्ट पार्नु भयो । त्यसपछि केन्द्रिय महाधिवेशन भने काठमाडौंमा मंसीर ९ गतेबाट सुरु हुनेछ ।काँग्रेसले भदौंको १८ गते बाट नै वडा तहको अधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिक व्यवस्थालाई जोगाएको दावी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...