HomeFeature ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी

 ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी

काठमाडौं, 14 अगस्त 2021

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्त ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिनु भएको छ । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लडने हो । यो देशमा एउटै मात्र काम बाँकि छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेश तयार छ । पहाड र हिमालका जनतापनि तयार हुनुपर्यो ।

कार्यक्रममा बोल्दै शिर्ष नेता महन्थ ठाकुरले सांसद रमेश चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भयो । उहाँले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिनु भयो ।अर्का नेता सरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भिर नभएको आरोप लगाउनु भयो । उहाँले मन्त्रीपरिषदलई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताउनु भयो ।नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पार्नु भयो । उहाँले मधेश आन्दोलनका क्रममा लगाइएको झुटा मुद्धा फिर्ता लिने, बन्दी जीवन बिताईरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...