HomeFeatureकाँग्रेस सभापति देउबाद्वारा संसद पुर्नस्थापना र चुनाव दुवैको तयारीमा रहन निर्देशन

काँग्रेस सभापति देउबाद्वारा संसद पुर्नस्थापना र चुनाव दुवैको तयारीमा रहन निर्देशन

काठमाण्डौ, 11 फेब्रुअरी 2021

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिबासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।नेपाली कांग्रेस आदिबासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिबासी जनजाति संघले बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिबासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिबासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस पार्टीले आदिबासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताउनुभयो । कांग्रेस समावेशी पार्टी भएपनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले भोली सरकार बनाउनुपर्ने अवस्थामा आदिबासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशन समेत दिनुभयो ।

सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताउनुभयो । चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आगामी दिनमा आउनसक्ने संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै चुनाव वा पुर्नस्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने बताउनुभयो । प्रतिनिधि सभाको पुर्नस्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उहाँको भनाई छ ।

नेपाली कांग्रेसका सहमहामन्त्रि प्रकाशशरण महतले कम्युनिष्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो । कम्युनिष्टले निर्वाचन जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तिकरण पनि नहुने उहाँको भनाई छ । सहमहामन्त्रि महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि मजबुद बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले गरेको काम जनतामाझ पु¥याउन नसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...