HomeFeatureकाँग्रेस सभापति देउवाद्वारा चुनावी तयारीमा लाग्न सबैलाई आग्रह

काँग्रेस सभापति देउवाद्वारा चुनावी तयारीमा लाग्न सबैलाई आग्रह

काठमाण्डौ, 9 आप्रिल 2021

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले संरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गर्नुभयो । उहाँले संसदमा आफुहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेण्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले ।

विभिन्न किसिमका टिकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उहाँले सबैलाई आश्वस्त तुल्याउनुभयो । संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उहाँले आग्रह गर्नुभयो । तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उहाँले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोली । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ ।  चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले विर्सिसर्केसके ।

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यस विरुद्ध एकजुट हुन सभापति देउवाले आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो ओलीले सत्ता कब्जा गर्ने कोशिष गरेको छ । उसले चाहेर कब्जा हुदैन । त्यसैले भोलीको दिनमा एक भएर लाग्नुपर्छ ।

सभापति देउवाले आफुले पटक पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओली संग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो मैले प्रचण्डलाई तपाई नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि । उनी उता गईदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पायो प्रचण्डले आएर । धेरै पटक प्राईमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे ।  ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस् ।

उहाँले चुनावको समयमा आफुले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाईदैन भनेर भनेको स्मरण गर्दे अहिले अवस्था त्यस्तै आएको बताउनुभयो । तर तात्कालिन समयमा आफुले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो मैले पहिला भनेको थिएँ । तपाईहरुलाई याद होला । कम्युनिष्टको सरकार आयो भने तपाई रुन पनि पाउनुहुन्न भनेको थिएँ । दुईवटा पार्टी मिले । मिलेपछि जनताले भोट हाल्दिए के गर्ने । भोट त हाम्रो हातमा छैन नि । जनताले हराएपछि हारिन्छ के गर्ने ? जनताको माझ जाउँ । जनताको दिल जितौ । अनि हामी चुनाव किन जित्तैनौ ? जनता यस देशको मालिक हो । जनताको भोट हामीले पाउनुपर्छ । तर जनताले दिदैनन् के गरुँ त । तर समानुपातिकमा त एमाले र हाम्रो बराबर छ ।

सभापति देउवाले संविधान अनुसार भदौ भित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...