HomeFeatureकांग्रेसद्वारा क्रियाशील सदस्यता विवाद मिलाउन भन्दै कांग्रेस मुख्यालयमा धर्ना

कांग्रेसद्वारा क्रियाशील सदस्यता विवाद मिलाउन भन्दै कांग्रेस मुख्यालयमा धर्ना

काठमाडौं, 19 अक्तूबर 2021

रौतहट कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाउन भन्दै ८९ दिनदेखि कांग्रेस मुख्यालय सानेपामा धर्ना दिइरहेका छन् । पार्टीमा नेतृत्वले विधि र पद्धति मिचेर कब्जा गर्ने नियतले मनोमानी गरेको भन्दै उनीहरुले निरन्तर रुपमा धर्ना दिएका हुन् । धर्नाका क्रममा आफुहरुलाइ पार्टीका नेताहरूले भेटघाट गरे पनि समस्या समाधान गर्न ठोस पहल नगरिएको उनीहरुको गुनासो छ । कोषाध्यक्ष साहसहित ९८ जना रौतहटका नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नभएको उनीहरूको गुनासो छ । रौतहट क्षेत्र नं. १ मा जिल्ला सभापति र क्षेत्रीय सभापति मिलेर एकलौटी गरेको र सो क्षेत्रका ४१ वटा वडामध्ये ३१ वडामा क्रियाशील सदस्यताको विवाद रहेको पूर्वराज्यमन्त्री समेत रहेका कांग्रेस नेता बज्रकिशोर सिंहले बताउनुभयो । बिधिबिधान बिपरित भएका कामहरुलाई बदर गर्नका लागि र बिधि बिधानअनुरुप नै क्रियाशिल सदस्यता बितरण हुनुपर्ने उहाको भनाई छ । छानबिन समितिले छानबिन थाले लगत्तै उजुरी बोकेर उनीहरू काठमाडौं आएका थिए । तर समितिले कुनै सुनुवाई नगरेपछि बाध्य भएर धर्नामा बस्नु परेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...