HomeFeatureकांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल कुर्नु पर्दैन: ओली

कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल कुर्नु पर्दैन: ओली

काठमाडौं, 17 मार्च 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, कांग्रेस प्रतिपक्षको भूमिकामा पुग्न अर्को चुनावसम्म कुर्न नपर्ने बताएका छन् ।नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रवार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि नेता ओलीले कांग्रेस प्रतिपक्षको भूमिकामा पूग्नअर्को चूनावसम्म कुर्न नपर्ने जवाफ फर्काएका छन् ।ओलीले यसअघि कांग्रेस नेता गगन थापाले एक कार्यक्रममा एमालेसंग प्रतिपक्षमा भेट हुन्छ भनेको प्रसंगको जवाफ दिँदै कांग्रसलाई प्रतिपक्षमा भेट्न २०८४ साल सम्म कुर्न नपर्ने बताएका हुन् ।यसअघि कांग्रेस नेता थापाले एक कार्यक्रममा पछिल्लो गठबन्धन पूरा समय टिक्ने दाबी गर्दै अब एमालेसँग ०८४ सालको निर्वाचनपछि प्रतिपक्षमा भेट हुन्छ भनी अभिव्यक्ति दिएका थिए ।

उक्त प्रसँगको जवाफ दिदै ओलीले कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ सालसम्म कुर्न नपर्ने बताएका हुन् ।

मतदानपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन ? उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

यसअघि ओलीले काङ्ग्रेससँग सहमति नगर्ने भन्ने कुरामा कसम खाएको छैन भनेका थिए । त्यसको जवाफमा कांग्रेस नेता गगन थापाले अब एमालेसंग प्रतिपक्षमा भेट हुने जवाफ दिएका थिए ।

प्रजातान्त्रिक सिस्टममा हार–जीत हुने कुरा समेत साँठगाँठ सिस्टम भएको ओलीको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...