HomeFeatureकांग्रेस बैठक: मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने निर्वाचन समितिलाई निर्देशन

कांग्रेस बैठक: मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने निर्वाचन समितिलाई निर्देशन

काठमाडौं, 26 अक्तूबर 2021

नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरि कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ । सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समिति सहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरि मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । बैठकले छठपछि बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरभित्रै महाधिवेशन गर्ने गरि सम्पूर्ण कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको बताउनुभयो । उहाले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाउन पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिनुभएको समेत जानकारी दिनुभयो । कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग गरिएको उहाले बताउनुभयो । पौडेलले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि बताउनुभयो । त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले निर्वाचन कार्यतालिकाबारेमा छलफल भएको र मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन अधिकार दिइएको जानकारी दिनुभयो । कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर कांग्रेसको तल्ला तहको अधिवेशन हुन नसक्दा महाधिवेशन मंसिरको अन्तिम सातामात्रा हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...