HomeFeatureकाठमाडौंको गुह्येश्वरीबाट चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

काठमाडौंको गुह्येश्वरीबाट चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

काठमाडौं, १२ फरवरी, २०२०
काठमाडौंको तारकेश्वर नगरपालिका ४, गुह्येश्वरीबाट चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बेलबुट नगरपालिका ११, मजुवाका २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका ४ का २१ वर्षीय सुवास लामा छन् ।

अवैध वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुँदै छ भन्ने सूचनाका आधार उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरूको साथबाट चितुवाको छाला एक थान र भालुको पित्त एक थान बरामद भएको छ ।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...